समाचारशनिबार, फाल्गुण १५, २०७२
सभापति पदमा उम्मेदवारी दिने सुजाताको घोषणा
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफूले कुनै पनि हालतमा सभापति पदकोलागि उम्मेदवारी दिेने घोषणा गरेकी छन् ।
रिपोर्टर्स क्लबले १५ फागुनमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन, “मैले बार्गेनिङ्गको लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी होईन । म यसपटक पनि ब्याक भए काग्रेसमा महिला नेतृत्व १५ वर्षपछि पर्छ ।”
काग्रेसका देशैभरीका कार्यकर्ताहरुको समर्थन रहेको आफूलाई रहेको दावी गर्दै उनले आगामी महाधिवेशनबाट आफू सभापतिमा निर्वाचित हुने ठोकुवा गरिन् ।
भनिन, “म देश भरी घुमेकी छु । मलाई सभापति पदमा उम्मेदवार बन्न साथीहरुको धेरै दवाव छ । १२ औं महाधिवेशनमा मैले महामन्त्री त्याग गरेकै हु, सधै भरी मैले मात्रै त्याग गर्ने कुरा हुँदैन ।”
पार्टीभित्र बीपी देखि गिरिजाप्रसाद कोइरालासम्मको योगदानलाई समाप्त पार्ने ग्राण्ड डिजाईन भईरहेको भन्दै आफू र काग्रेसलाई पनि समाप्त पार्ने षडयन्त्र भईरहेको उनको दाबी छ ।
“कांग्रेसलाई बचाएर सहमति, सहकार्य र एकतालाई अगाडि बढाउन म चाहिन्छ । मेरो उम्मेदवारीले समस्या हल गर्छ ।”
उनले कोइराला परिवारका सबैको आफूलाई समर्थन भएको दावी गर्दै बाहिर आएका कुराहरु गलत भएको बताइन् ।
“शशांक कोइराला, शेखर कोइरालासँग मेरो कुरा भएको छ । मलाई उनीहरुले समर्थन जनाएका छन,” सुजाताको दाबी थियो ।