Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भट्टराईले मतदातालाई धोका दिएः अध्यक्ष दाहाल - Himalkhabar.com

समाचारशनिबार, फाल्गुण १५, २०७२

भट्टराईले मतदातालाई धोका दिएः अध्यक्ष दाहाल

रासस

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बाबुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेर मतदातालाई धोका दिएको बताएका छन्‍ ।

गोरखा क्षेत्र नं १ का मतदातालाई एक पटक पनि नसोधी भट्टराईले पार्टी छाडेको बताउँदै उनले भने, “चुनाव जिताएर पठाएका जनतालाई नसोधी पार्टी उहाँले छाड्नुभयो, मतदातामाथि कुठाराघात भयो ।”

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा गोरखामा रहेका दाहालले माओवादी भएकै कारणले मात्रै भट्टराईले चुनाव जितेको दाबी गरे ।

पार्टी र कार्यकर्ता परिवर्तन र न्यायको पक्षमा रहेको भन्दै उनले भट्टराईले पार्टी परित्याग गर्दैमा विचलित हुनुपर्ने अवस्था नरहेको बताए ।

नेपाली काग्रेसको महाधिवेशनपछि संयुक्त सरकार गठन गर्न सकिने दाहालले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>