थप समाचारशनिबार, फाल्गुण १५, २०७२

दमकमा सर्प संग्राहलय

हिमालखबर

नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकले सर्प संग्रहालय स्थापना गरेको छ ।

sarpa sangrahalaya 1१५ फागुनमा उपशाखाका पूर्व सभापती मानबहादुर बुढाथोकीले दमक १२– मा बिषालुदेखि सामान्य सम्मका ४२ प्रजातिका ७८ मृत सर्पको विवरण र सर्प सम्बन्धी प्रचार सामग्री भएको संग्रहालयको उद्घाटन गरे ।

दुई दशकअघि आफैलाई सर्पले डसेपछि बुढाथोकी उपशाखा दमकको संस्थापक अध्यक्ष बनेका थिए ।

उनको अगुवाइमा २०५५ सालमा सर्प डसाईको उपचार केन्द्र स्थापना गरेको थियो ।

सर्पले डसेका मानिसहरु उपचारको लागि आँउदा कतिपयले सर्प समेत मारेर ल्याउने गर्दछन् ।

तिनै मरेका सर्पहरु भेलागरेर संग्रहालय बनाइएको उपशाखाका सभापति लिला गुरागाँईले बताए ।

संग्रहालयमा ४२ प्रजातिका ७८ मृत सर्प राखिएका छन् । गुरागाँईले जीव बिज्ञानका बिधार्थी र जानकारी राख्न चहाने सबैलाई खुल्ला गरिएको संग्रहालयमा जिँउदा र मरेका सर्पहरु थप्दै लगिने योजना सुनाए ।

उनले पाँचलाखको खर्चमा संग्रहालय स्थापना गरिएको बताए ।

दुईजना स्वास्थ्यकर्मी राखि उपशाखाले १७बर्ष अघि स्थापना गरेको सर्प डसाईको उपचार केन्द्रमा हाल चिकित्सक सहित ६जना स्वास्थ्यकर्मी कार्यरत छन् ।

दमकको यो उपचार केन्द्रमा बार्षिक एकहजार माथि सर्प डसाईका बिरामी आउने गरेको र त्यसको सयकडा पाँच बिषालु सर्पले डसेका हुने गर्दछन् ।

नेपालमा पाइने ८९ प्रजातिका सर्प मध्ये १७ बिषालु प्रजातिका छन् । तिनमा कमन कोब्रा, किङ्ग कोब्रा, कमन करेत, ब्याण्डेड करेत, वाल्स करेत, लेजर ब्ल्याक करेत, ग्रेटर करेत र भाइपर जस्ता बिषलु सर्पहरु पर्दछन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>