समाचारशनिबार, फाल्गुण १५, २०७२
कांग्रेस महाधिवेशन: ६४ जिल्लाको परिणाम प्राप्त
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको तयारीका क्रममा शनिबार दुई जिल्ला अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
शुक्रबारसम्म ६२ जिल्ला अधिवेशन सम्पन्न भएकामा शनिबार थप दुई जिल्लाको अधिवेशन सम्पन्न भएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
अधिवेशनबाट भक्तपुरमा दुर्लभ थापा र बारामा जयचन्द्र चौरसिया जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
अहिलेसम्म ७५ जिल्लामध्ये ६४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
भक्तपुरमा यसअघि भएको अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि आज दोस्रो चरणमा निर्वाचन भएको हो ।
निर्वाचनमा थापाले २५४ र निकटतम प्रतिद्वन्द्वी अष्ट कवेले १९८ मत प्राप्त गरेका थिए ।
पहिलो चरणमा थापा, कवेसँगै गणेशमान चक्रधर र राजाराम खड्का पनि प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचनमा जिल्लाका भक्तपुर, मध्यपुरथिमि, नगरकोट, अनन्तलिङ्गेश्वर, सूर्यविनायक र चाँगुनारायण गरी छ नगरपालिकाका ९३ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिको सहभागिता थिए ।
कांग्रेस महाधिवेशन प्रतिनिधिहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोला ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
