समाचारआइतबार, फाल्गुण १६, २०७२

कांग्रेसले पदाधिकारी नबढाउने, नीति तथा कार्यक्रम पारित

हिमालखबर

aaaनेपाली कांग्रेसले १३औं महाधिवेशनमा पदाधिकारी नबढाउने भएको छ ।

आजको केन्द्रीय कार्य समितिको बैठकले पदाधिकारी संख्या नबढाउने निर्णय गरेको प्रवक्ता दिलेन्द्र बडूले बताए । उनका अनुसार अञ्चल संरचना भने कांग्रेसले हटाएको छ । यसअघि अञ्चललाई आधार मानेर १४ जना भूगोलको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था थियो ।

बडूले भने, “अञ्चल संरचना हटेपछि प्रत्येक प्रदशेबाट २ जना केन्द्रीय सदस्य हुनेछ ।” विधान संशोधनमार्फत ९७ केन्द्रीय बनाउने तयारी भएपनि बैठकले पुरानै व्यवस्था अनुसार ८५ जना मात्रै हुनेछ ।

बैठकले नीति तथा कार्यक्रम भने पारित गरेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेल संयोजकत्व समितिले पेश गरेको मस्यौदा परिमार्जनसहित पारित भएको हो ।

–कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>