समाचारसोमबार, फाल्गुण १७, २०७२

सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक बस्नेतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

हिमालखबर

SXKwR29अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक सनत बस्नेतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वैशाख ०६६ देखि साउन ०६८ सम्म महानिरिक्षक रहँदा बस्नेतले समान ढुवानीमा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरेको छ ।

सार्वजनिक खरिद ऐन, नियम विपरीत विभिन्न कर्मचारीको नाममा ढुवानी प्रयोजनका लागि भन्दै पेश्की लिएको देखाई सामाग्री ढुवानीको झुठा विल तयार पारिएको, दैनिक भ्रमण भत्ताबापत झुठा बिल बनाएकोलगायत अभियोग लगाइएको छ ।

अख्तियारले पूर्वमहानिरिक्षक बस्नेतले ९ करोड १५ लाख ८१ हजार १५१ रुपैयाँ दुरुपयोग गरेको अख्तियारले दायरपत्रमा उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>