समाचारसोमबार, फाल्गुण १७, २०७२

हवाई सुरक्षाको कार्ययोजना बनाउँछुः पर्यटन मन्त्री

हिमालखबर

Puraskritपर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले हवाई सुरक्षाका लागि कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् ।

नेपालको पहाडी तथा हिमाली क्षेत्र हवाई सेवाका लागि खतरापूर्ण रहेकाले सुरक्षित यात्राको कार्ययोजना बनाउने बताए ।

लमजुङको २४औं जिल्ला परिषदको उद्घाटन गर्दै मन्त्री पोखरेलले हवाई सुरक्षाका लागि विश्वमा चलेका प्रविधि प्रयोग गर्ने बताए । उनले भने, “मौसमको अवस्था जानकारी गराउन हवाई सुरक्षाका लागि प्रविधी प्रयोगमा कुनै कञ्जुस्याई गर्दिन ।”

पत्रकार गुरुङ सम्मानित
उक्त कार्यक्रममा पत्रकार आश गुरुङ सम्मानित भएका छन् । उनलाई ६ हजार ८०० नगदसहित नगदसहित सम्मानित भए ।

जिल्ला विकास निर्माणमा पत्रकारिता क्षेत्रबाट सहयोग गरेको भन्दै पुरस्कृत गरिएको जिविसले जनाएको छ ।

-युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>