समाचारमंगलबार, फाल्गुण १८, २०७२

करिब पाँच हजार भूटानी शरणार्थी दर्ता हुन बाँकी

हिमालखबर

rijalभुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले नेपालका शिविरमा दर्ता र सहायता बिना बसेका करिब पाँचहजार शरणार्थीबारे नेपाल सरकारले छिटो निर्णय लिनुपर्ने बताएका छन् ।

“खेदिएका हुन, भुटानी हुन भन्ने प्रमाण पनि छ” झापा बिर्तामोडस्थित आफ्नो निर्वासन निर्वासमा भुटानीहरुसँगको अन्तरकृयामा रिजालले भने, “नेपालको गृहमन्त्रालयले दर्ता रोक्नुको कारण म देख्दिन् ।”

झापा र मोरङका शिबिरमा रहेका एकलाख १७ हजार भुटानी शरणार्थीमध्ये एकलाख बढी पुनर्वासमा युरोप र अमेरिका गइसकेका छन् । पुनर्वास जाने क्रम सन २०१७ सम्म चलिरहने बताइएको छ ।

गृहमन्त्रालयले अन्तिमपटक सन २०१२ मा दुईहजार बढी आवेदकमध्ये छानविन गरी एकहजार आठसय भुटानी शरणार्थीको दर्ता गरेको थियो ।
यहाँका शिबिरमा करिब १७ हजार दर्ता भएका शरणार्थी र त्यसबाहेक करिब पाँचहजार दर्ता नभएका भुटानी रहेको दर्ता बिहिन भुटानीको समूहका रबिन गुरुङले बताएका छन् ।

सन १९९२ देखि पूर्वी झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल पसेका भुटानी शरणार्थीको गृहमन्त्रालयले स्क्रिनिङ गरेर दर्ता शुरु गरेको थियो, जुन सन १९९८मा बन्द भएको थियो ।

तर भुटानबाट ढिलो खेदिएका, बर्षाैंपछि भुटानी जेलबाट छुटेर आफन्त खोज्दै शरणार्थी शिबिर आएका र लामो समयसम्म शिबिर बाहिरको श्रम बजारमा पसेका भुटानी दर्ता बिनै रहेका थिए ।

यहाँका शिबिरमा दर्ता भएका शरणार्थीले मात्र खाद्य, स्वास्थ्य, शिक्षा र बासको सहायता पाँउछन् ।

केहीदिन अघि प्रधानमन्त्री केपी ओलीलाई भेटेर फर्किएका नेता रिजालले प्रम ओली छुटेका शरणार्थीको दर्तामा सकारात्मक रहेको बताए ।
उनले भने, “पहिचान र सहायता नपाउनु ब्यक्तिको जीवनको अधिकार माथिको प्रश्न हो ।”

हालसम्म दर्ता नभएका कारण सहायताबाट बञ्चित रहेका भुटानीहरु नेपाली श्रम बजारमा मजदुरी गरेर पेटपालो गरिरहेका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>