Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनमा नितिशकुमार लगायतका नेताहरु आउँदै - Himalkhabar.com

समाचारमंगलबार, फाल्गुण १८, २०७२

कांग्रेस महाधिवेशनमा नितिशकुमार लगायतका नेताहरु आउँदै

रासस

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा भाग लिन विभिन्न मुलुकबाट राजनीतिक दलका प्रतिनिधि तथा शुभेच्छुकहरु काठमाडौं आउने भएका छन् ।

विहारका मुख्यमन्त्री नितीश कुमार, बङ्गलादेशका सञ्चारमन्त्री हसनुल हक इनु तथा लाओस, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आइला लगायत महाधिवेशनमा सहभागी हुने कांग्रेस अन्तर्राष्ट्रिय विभागका प्रमुख सुजाता कोइरालाले बताइन् ।

महाधिवेशनमा लाओस, कम्बोडिया तथा भारतका विभिन्न दलका नेताले पनि महाधिवेशनमा सहभागिता जनाउने जानकारी दिएको उनले बताइन् ।

भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, भारतीय कम्युनिस्ट पार्टीका नेता लगायत नेपाली कांग्रेसका शुभेच्छुक प्रतिनिधि राजधानी आउने नेत्री कोइरालाले जानकारी दिइन् ।

कांग्रेसको महाधिवेशन २० फागुनदेखि काठमाडौंमा हुँदैछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>