समाचारमंगलबार, फाल्गुण १८, २०७२

उम्मेदवारी घोषणा गर्दै सिटौला समूह

हिमालखबर

sitaulaनेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले भोलि, १९ फागुन दिउँसो सभापतिलगायतको पदहरुमा उम्मेदवारी घोषणा गर्ने भएको छ ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपमा फुडल्याण्डमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गर्ने तयारी भइरहेको उनका सहयोगी किरण सिटौलाले बताए । उनका अनुसार पदाधिकारीमा को–को रहने भन्ने टुंगो आज साँझसम्म लगाइने भएको छ ।

निर्वाचित महामन्त्रीमा गगन थापा रहने निश्चितजस्तै भइसकेको सिटौला समूहमा अन्य पदहरु मिलाउने प्रयत्न भइरहेको छ । २०–२३ फागुनमा हुन लागेको १३औं महाधिवेशनमा सिटौला समूहको उम्मेदवारीले त्रिपक्षीय भिडन्त हुने भएको छ ।

यसअघि कार्यबाहक सभापति रामचन्द्र पौडेल र बरिष्ठ नेता शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, दुवै नेताले प्यानल घोषणा भने गरेको छैन ।

संस्थापनबाट पौडेल र असन्तुष्टबाट देउवाले पनि भोलि नै प्यानल सार्वजनिक गर्ने संभावना रहेको छ ।

स्रोतका अनुसार अहिले पनि सिटौला मनाउन संस्थापनका नेताहरुले छलफल चलाइरहेका छन् । सिटौलाले भने संस्थापनको आफू उम्मेदवार नबने उम्मेदवारी फिर्ता नलिने अडान छाडेका छैनन् ।

कपिल भट्ट, काठमाडाैं 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>