समाचारमंगलबार, फाल्गुण १८, २०७२
कांग्रेस संस्थापनको उम्मेदवारी पार्टी कार्यालयबाटै घोषणा हुने
केन्द्रीय कार्यालय सानेपाबाटै नेपाली कांग्रेस संस्थापन पक्षको उम्मेदवारी घोषणा हुने भएको छ ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा संस्थापन पक्षबाट पदाधिकारीलगायतमा उम्मेदवारी घोषणा हुन लागेको हो । भोलि १९ फागुन दिउँसो ४ बजे उम्मेदवारी घोषणा गर्ने तयारी भएको छ ।
संस्थापनबाट महामन्त्रीमा शशांक कोइरालाको उम्मेदवारी हुने निश्चित भएपनि अन्य पदाधिकारीबारे छलफल भइरहेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
