Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित - Himalkhabar.com

थप समाचारमंगलबार, फाल्गुण १८, २०७२

कांग्रेस महाधिवेशनको निर्वाचन कार्यक्रम प्रकाशित

हिमालखबर

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ ।

निर्वाचन कार्यक्रमअनुसार १८ फागुन २ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको नामावलीमा दुई हजार ८६८ जनाको नाम रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

धनुषा क्षेत्र नं ५ बाहेक अन्य सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएको उनले बताए ।

प्रकाशित नामावलीमा केही भातृ तथा शुभेच्छुक सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट आउनुपर्ने नामावली समावेश नभएको केसीले जानकारी दिए ।

नामावली आउने क्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया शुरु हुनुभन्दा अगाडि नै उनीहरुको नामावली समावेश गरिने उनको भनाइ छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरेको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलिपल्ट फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।

प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय मिलाइएको छ ।

निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने भएको छ ।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ ।

उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने सचिव केसीले बताए ।

मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ । उनका अनुसार फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ ।

मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ ।

विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केही दिन लाग्न सक्ने केसीले अनुमान गरे ।

उनले प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिए ।

कांग्रेसको १३औँ महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा कांग्रेस नेता कार्यकर्ता काठमाडौँ आउने क्रम तीव्र भएको छ ।

कांग्रेस नेता तथा कार्यकर्ता काठमाडौँ आउन थालेपछि काठमाडौँमा अहिले काँग्रेसको महाधिवेशनको चहलपहल बढेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>