समाचारबुधबार, फाल्गुण १९, २०७२

बरौनीबाट ग्यास आयात प्रभावित

हिमालखबर

भारतीय आयल निगमले बरौनीस्थित ग्यास उद्योगमा प्राविधिक समस्या आएको भन्दै ग्यास नदिएपछि नेपालमा ग्यास अभाव कायमै छ ।

विराटनगरस्थित कोसी ग्यासका प्रबन्धक सचित उपाध्यायले उद्योगबाट कम्तीमा पाँच दिनसम्मका लागि ग्यास लोडिङ हुन नसक्ने भन्ने जानकारी प्राप्त भएको बताए ।

उनले भने, “ग्यास उद्योगमै समस्या भएपछि मागअनुसार बजारमा ग्यास पु¥याउन समस्या भएको छ ।”

बरौनीबाट मासिक ३९ बुलेट ग्यास ल्याउने गरेको तर फेब्रुअरी महिना सकिन लाग्दा जम्मा २५ बुलेट मात्र आयात भएको उनले जानकारी दिए ।

उद्योगले हल्दिया र मथुराबाट पनि ग्यास ल्याउने गरेकामा अहिले त्यहाँबाट पनि कोटाअनुसार प्राप्त नभएको जनाएको छ ।

पूर्वमा सञ्चालित आठवटा ग्यास उद्योगले बरौनी, हल्दिया र मथुराबाट ग्यास आयात गर्छन् ।

विराटनगर भन्सार कार्यालयका अनुसार फागुन १० गतेदेखि यता ७८ ट्याङ्कर डिजेल, २७ ट्याङ्कर पेट्रोल र २९ बुलेट ग्यास नेपाल प्रवेश गरेको छ ।

दैनिक १२ बुलेटसम्म ग्यास विराटनगरको रानी भन्सार नाका भएर आउने गरे पनि दिन बिराएर थोरै परिमाणमा आउने गरेको छ ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाले भने, “कात्तिक ११ गते भने एक बुलेट ग्यास पनि नेपाल भित्रिएन ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>