समाचारबुधबार, फाल्गुण १९, २०७२

सर्वोच्च अदालतमा ११ न्यायाधीश सिफारिस

हिमालखबर

न्याय परिषद्ले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशहरु सिफारिस गरेको छ।

१८ फागुन राति अबेरसम्म बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा न्यायाधीशका लागि पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जना र कानून व्यवसायीबाट ४ जनालाई सिफारिस गरेको हो।

परिषदले दिपककुमार कार्की, केदार चालिसे, मिरा खड्का, शारदाप्रसाद घिमिरे, हरिकृष्ण कार्की, विश्वम्वरप्रसाद श्रेष्ठ, इश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाश राउत र सपना प्रधान मल्ल न्यायाधीशलाई रोलक्रममा राखेर सिफारिस गरेको छ।

न्यायाधीशमा योग्य व्यक्ति चयनका लागि लामो छलफलपश्चात ११ जना न्यायाधीशहरु सर्वसम्मतले सिफारिस गरेको कानूनमन्त्री अग्नि खरेलले बताए ।

न्यायाधीशमा सिफारिस हुने भएपछि सरकारका कानुनी सल्लाहकार रहेका बार एशोसिएसनका पूर्व अध्यक्ष हरिकृष्ण कार्कीले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएका थिए।

सिफारिस भएका न्यायाधीशहरुको संसदीय सुनुवाईमार्फत ३५ दिनभित्र नियुक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ।

सर्वोच्च अदालतमा न्यायाधीश संख्या ११ मा सिमित भएको र करिब २२ हजार मुद्दाको चाप रहेको बेला गरिएको सिफारिस महत्वपूर्ण ठानिए विवादरहित हुन नसकेको कतिपयको टिप्पणी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>