समाचारबुधबार, फाल्गुण १९, २०७२
सभापतिमा सुजाताको उम्मेदवारी घोषणा
कांग्रेस नेतृ सुजाता कोइरालाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर आसन्न महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।
पार्टीभित्र आफ्ना पिता गिरिजाप्रसाद कोइरालाको विचार र लाइन सिध्याउने षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध आफ्नो उम्मेदवारी रहेको उनको दाबी छ ।
उनले आफ्नो प्यानल भने बनाएकी छैनन् ।
उनले पार्टीले महिलालाई अपमान गरेको तर, अब पार्टी हाँक्नका लागि महिला नेतृत्वनै सक्षम हुने बताइन् ।
उनले आफ्नो उम्मेद्वारी कुनै पनि हालतमा फिर्ता नहुने समेत बताएकी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
