समाचारबुधबार, फाल्गुण १९, २०७२
विहारका मुख्यमन्त्री नीतिश कुमार काठमाडौँमा
नेपाली कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटनसत्रमा भाग लिन विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम जारी छ ।
यस क्रममा भारत विहारका मुख्यमन्त्री नीतिश कुमार र बङ्गलादेशका सूचनामन्त्री हसनुल हक इनु काठमाडौं आइपुगेका छन् ।
उनीहरुलाई नेका विदेश विभागका सदस्यहरु मनमोहन भट्टराई, डा दिनेश भट्टराई, डा सुरेश चालिसे र राकेश हमालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
महाधिवेशनमा भाग लिन सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला आज साँझ आइपुग्ने कार्यक्रम छ ।
कांग्रेसको महाधिवेशन भोलि, २० फागुनदेखि काठमाडौँमा शुरु हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
