Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
धम्की दिई रकम माग गर्ने दुई पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, फाल्गुण १९, २०७२

धम्की दिई रकम माग गर्ने दुई पक्राउ

हिमालखबर

criminalsवीरगञ्जका निजी विद्यालयका सञ्चालकहरुलाई फोनमा धम्की दिई रकम माग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाको कार्यकर्ता भन्दै रु ५ लाख नदिए अपहरण गर्ने, गोली हान्ने, विद्यालयमा बम पड्काउने जस्ता धम्की दिने गरेको प्रहरीले जनाएको छ ।

त्यसरी पटक–पटक फोनमार्फत धम्की दिने र रकम मागसहितको पत्र पठाउने वीरगञ्ज–१४ का ५३ वर्षीय रामबालक प्रसाद मुखियाविन र वीरगञ्ज–१७ का २२ वर्षीय महेश पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनाले १४ फागुन साँझ स्थानीय साउथ जोन बोर्डिङ स्कुलको कम्पाउण्ड भित्र सकेट बमसमेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

बम प्रहारगर्दा उनीहरुले प्रयोग गरेको ना १२ प ७७८ नम्बरको मोटरसाइकलको आधारमा उनीहरुसम्म प्रहरी पुग्न सकेको हो ।

प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार दुवैजनाले आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चाका अभय सिंह र सागर सिंह बताउँदै धम्काउने गरेका थिए ।

उनीहरुलाई अपहरण उद्योग तथा बिष्फोटक पदार्थ ऐन अन्तर्गत मुद्दा चलाइने बोगोटीले जानकारी दिए ।

पक्राउ परेका महेश पटेल यसअघि हातहतियार मुद्दामा दुई पटक कारागार सजाय भोगिसकेका र रामबालक प्रसाद मुखियाबिन लागु औषध ओसारपसार मुद्दामा कैद सजाय भोगिसकेका व्यक्ति हुन् ।
जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>