Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनसेल एप प्रयोग गरी ठग्ने गिरोहका थप तीनजना पक्राउ - Himalkhabar.com

थप समाचारबुधबार, फाल्गुण १९, २०७२

एनसेल एप प्रयोग गरी ठग्ने गिरोहका थप तीनजना पक्राउ

हिमालखबर

Thagi Follow up (2)एनसेल एप प्रयोग गरी एनसेलकै सेवाग्राहीलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका थप तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बाराको लिपिनिमालका २४ वर्षीय जाकिर हुुसेन, बाराकै बरियापुरका २४ वर्षीय महताफ आलम र भारतको बिहारका २२ वर्षीय बली उल्लाह छन् ।

उनीहरु ठगी प्रकरणका मुख्य नाइके भारत राजस्थानका सुमित शर्माद्वारा परिचालित समूहका सदस्य रहेकोे जिल्ला प्रहरी कार्यालय पाँचथर प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बारा र पर्सासँगको सहकार्यमा बिरगञ्ज बसपार्कवाट फागुन १७ गते पक्राउ गरिएको हो ।

उनीहरुका साथबाट बरामद गरेको ५० हजार नगद र तीनथान माबाइल समेत आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

प्रहरीले यसअघि सोही प्रकरणमा संलग्न झापा गौरादह– ९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी– ९ का ३२ वर्षीय मेघनाथ गिरीलाई पक्राउ गरिसकेको छ ।

प्रहरीले मुख्य अभियुक्त सुमितको खोजी भइरहेको जनाएको छ ।

एनसेल एप प्रयोग गरी ग्राहकवाट लाखौं ठग्ने पक्राउ
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>