समाचारबुधबार, फाल्गुण १९, २०७२

‘अाेबामाले अमेरिका चलाउन सक्छन् भने गगनलाई किन विश्वास नगर्ने ?’

हिमालखबर

sitaulaकांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन र दीगो शान्तिका लागि पार्टी सभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।

युवा नेता गगन थापा महामन्त्री र पूर्वमन्त्री उमाकान्त चौधरी कोषाध्यक्षसहित उम्मेदवारी घोषणा गर्दै सिटौलाले भने, “सँधै जित्ने र हार्ने  राजनीतिक चक्रबाट देशलाई मुक्त गर्ने कांग्रेस नेतृत्वका लागि उम्मेदवारी दिएको हुँ ।” उनले ००७, ०४६ र ०६३ मा कांग्रेसको नेतृत्वमा भएको परिवर्तन कायम राख्न नसक्ने अवस्था आएकाले नयाँ पुस्ता अघि बढ्नुपर्ने बताए ।

सिटाैलाले भने, “अाेबामाले अमेरिका चलाउन सक्छन् भने गगनलाई किन विश्वास नगर्ने ?” उनले युवा पुस्तालाई विश्वास गरे उनीहरुले देश हाँक्न सक्ने बताए ।

गिरिजाप्रसाद कोइरालाको निकटमा रहेर शान्ति प्रक्रिया स्थापनामा निर्वाह गरेको भूमिका स्मरण गर्दै सिटौलाले भने, “म सँधै जनताको सेवक बने, यही भूमिकाका कारण गृहमन्त्री हुँदा थुप्रै आलोचना खेप्नु परेको थियो ।”

बीपीको रगत होइन, बिचार बगेको छः गगन
Gagan-Thapa-copyमहामन्त्रीका उम्मेदवार गगन थापाले आफ्नो शरीरमा बीपीको रगत नभई बिचार बगेको बताए । “बीपीको बिचारलाई बोकेर हिडेको छु, रगत होइन”, थापाले भने ।

प्रतिश्पर्धीहरुबारे गगनले भने, “थाहा छ कि मेरो प्रतिश्पर्धा कोसँग हुँदैछ भन्ने तर म अरुका राजनीति गर्ने मान्छे हुँ ।” बीपी पुत्र शशांक कोइराला र ससुरा अर्जुननरसिंह केसीसँग परिवर्तनका लागि प्रतिश्पर्धा गर्न लागेको थापाले बताए ।

६२ प्रतिशत ४० वर्ष मुनिका मतदाता रहेको देशमा ४० बर्ष मुनिका नेताहरु भेट्न मुस्किल पर्ने पार्टी बन्नबाट रोक्न आफूले उम्मेदवारी दिने बताउँदै थापाले भने, “३३ बर्षका बीपीले राणा सरकारसँग जुध्नुभएको थियो, म उहाँको बिचार बोकेर हिडेको छु ।”

कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरीले पार्टीलाई गुटबन्दीरहित बनाउन सिटौलाको नेतृत्वमा उम्मेदवारी दिन लागेको बताए । उनले भने, “हाम्रो समूहले ६०/४० को भागबन्डा अन्त्य गर्नेछ ।” बत्तिसपुतलीस्थित अनुपम ब्याङ्क्वीटमा पत्रकार सम्मेलनमार्फत गरिएको घोषणासभामा उत्साहजनक सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>