समाचारबिहीबार, फाल्गुण २०, २०७२
सुजाताको उम्मेदवारी फिर्ता, पौडेललाई समर्थन गर्ने
कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको भोलिपल्टै फिर्ता लिएकी छिन्।
१९ फागुनमा सभापति पदमा आफूले उम्मेदवारी दिने र कसै गरी पनि ‘ब्याक’ नहुने बताएकी सुजाताले २० फागुनमा आफ्नै निवास मण्डिखाटारमा सभापतिका उम्मेद्वार रामचन्द्र पौडेल र महामन्त्रीका उम्मेदवार शशांक कोइरालालाई सँगै राखेर उम्मेदवारी फिर्ता लिएको बताएकी हुन् ।
उनले आफू सभापतिमा उठेर कार्यकर्तालाई निरास नबनाउने बताइन् ।
“रामचन्द्रजी सँग गम्भीर कुरा भयो। पार्टी संकटमा छ। त्यसैले उहाँलाई समर्थन गर्दै मेरो उम्मेद्वारी फिर्ता गर्छु,” उनले भनिन्।
आफू अब केन्द्रीय सदस्यमा चुनाव लड्ने भन्दै उनले सभापतिमा पौडेल निर्वाचित भएपछि उनले आफूलाई जुन स्थानमा दिन्छन् त्यसमै रमाउने बताइन्।
पौडेलले कोइरालाको उम्मेद्वारी फिर्तालाई स्वागत गर्दै कृष्ण प्रसाद सिटौलालाई पनि उम्मेद्वारी फिर्ता गरेर आउन सुझाव दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
