समाचारबिहीबार, फाल्गुण २०, २०७२

देउवा समूहको उम्मेदवारी घोषणाः गुरुङ प्रस्तावक, खड्का समर्थक

हिमालखबर

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

deuba_pannelपार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा देउवा समूहका तर्फबाट महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारी घोषणा गरिएको छ ।

देउवाको उम्मेदवारीका लागि कुलबहादुर गुरुङ प्रस्तावक र खुमबहादुर खड्का प्रस्तावक छन् । जारी कार्यक्रममा कांग्रेस नेताहरु लक्ष्मण घिमिरे, प्रदीप गिरी, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले लगायत सहभागी छन् ।

यसअघि हिंजो १९ फागुनमा रामचन्द्र पौडेलले सभापतिमा र उनको समूहबाट शशांक कोइरालाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहबाट कोषाध्यक्षको उम्मेदवारी घोषणा अझै हुन सकेको छैन ।

सभापति पदमा उम्मेदवारीको घोषणा गरेकी सुजाता कोइरालाले भने पौडेलको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता लिइसकेकी छन् ।

त्यसैगरी सभापति पदका अर्का दाबेदर कृष्णप्रसाद सिटौला समूहले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । उनको समूहबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीको उम्मेदवारी घोषणा भएको छ ।

कांग्रेस महाधिवेशन आज, २० फागुन दिउँसो खुलामञ्चमा उद्घाटन हुँदैछ ।

-कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>