समाचारबिहीबार, फाल्गुण २०, २०७२

चितवनको गैंडा बर्दिया सारियो (तस्वीरहरु)

हिमालखबर

बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा एक कार्यक्रमका बीच गैंडा सारिएकोे छ ।

G15विश्ववन्यजन्तु दिवसको अवसर पारी चितवन राष्ट्रिय निकुञ्जबाट ल्याईएको सेटेलाईट रेडियोकलर जडित एउटा भाले गैँडा १९ फागुनमा बर्दिया निकुञ्ज अन्तर्गतको बबई उपत्यकामा छोडिएको हो ।

G11तीनवटा गैंडा एकैपटकमा सारिने कार्यक्रम रहे पनि चितवन निकुञ्जमा एउटा गैंडामात्रै नियन्त्रणमा आएपछि हालका लागि एउटामात्रै सारिएको हो । अन्य गैंडा केही दिनमै सारिनेछ ।

G12गैंडा स्थान्तरणका अवसरमा आयोजित कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्री अग्निप्रसाद सापकोटा, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, पत्रकार, संरक्षणकर्मी, चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवा र स्थानीय सर्वसाधारणको सहभागिता थियो ।

G14चितवनबाट गैंडा लिएर १८ फागुन बेलुका ९ बजे हिँडेको टोली अर्को दिन विहान ९ बजे आईपुगेको थियो ।

नेपाल सरकारको निर्णय अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा १५ वटा गैंडा स्थानान्तरण गर्र्ने बताईएको छ ।

G16चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया निकुञ्जमा थप ४ वटा गैँडा फागुन मसान्त भित्र ल्याइने निकुञ्जले जनाएको छ ।

G17रेडियो कलर जडान गरिएको गैँडा बर्दियामा पहिलो पटक स्थान्तरण गरीएको राष्टिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अम्बिका प्रसाद खतिवडाले बताए ।

G18बर्दिया निकुञ्जको बबई उपत्यकामा झण्डै ६ सय हेक्टर घाँसेमैदान गैँडाका लागि व्यवस्थापन गरिएको र १० वटा पानीका घोल समेत निर्माण गरिएको छ ।

G19बबई क्षेत्रमा जाने बाटो समेत नभएकाले हाल ६५ किलोमिटर वन पथ निर्माण गरिएको छ ।

सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले बबई क्षेत्रमा १२ वटा सुरक्षा पोष्ट स्थापना गरेको छ ।

बर्दिया निकुञ्जमा हाल गैंडाको संख्या २९ पुगेको छ ।

G10यसअघि सन् १९८६ देखि सन् २००३ सम्म १७ वर्षको अवधिमा पटकपटक गरी चितवन निकुञ्जबाट ७० वटा गैंडा बबईमा र १३ वटा गैंडा कर्णाली नदी तटीय क्षेत्रमा गरी ८३ वटा गैंडा बर्दिया निकुञ्जमा स्थान्तरण गरीएको थियो ।

जसमध्ये माओवादी हिंसाका बेला ३६ वटा गैंडा चोरी शिकार र २४ वटा गैंडा कालगतिले मरेका थिए ।
शब्द/तस्वीरः भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>