समाचारबिहीबार, फाल्गुण २०, २०७२
अब कसैले पार्टी छोड्ने अवस्था आउने छैनः देउवा
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबैपक्षलाई मिलाएर अघि बढ्नकै लागि आफूले उम्मेदवारीको औपचारिक घोषणा ढिलो गरी गरेको बताएका छन् ।
पार्टीको महाधिवेशनका लागि आफ्नो प्यानलको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले आफू सभापति भएपछि पार्टीभित्रका सबैपक्षलाई मिलाएर अघि बढ्ने, गुटबन्दी समाप्त पार्ने र पार्टीलाई समावेशी बनाउने योजना सुनाए ।
“पार्टीलाई समावेशी बनाउने छु, सबैलाई साथ लिएर अघि बढ्छु,” देउवाले भने, “अब कसैले पनि कांग्रेस पार्टी छोड्ने अवस्था आउने छैन ।”
नेपालका वामपन्थी दलहरुलाई पनि पूर्ण प्रजातान्त्रिक बनाउने दाबी गरेका देउावले वामपन्थी दलहरु अझै पनि पूर्ण प्रजातान्त्रिक भइनसकेको तर कांग्रेसकै लाइनमा आइरहेको दाबी गरे ।
“बामपन्थी दलहरु अहिले हाम्रै लाइनमा आउँदैछन्, तर पनि उनीहरु पूर्ण प्रजातान्त्रिक भइसकेका छैनन्,” देउवाले भने, “सबैसँग राम्रो सम्बन्ध राख्दै सबै दलहरुलाई प्रजातान्त्रिक बनाउँछु, पार्टीलाई अझै ठूलो बनाउँछु ।”
महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीले सिमित व्यक्तिको हालिमुहाली तोडेर गुटउपगुटको अन्त्य गर्न आफूले देउवाले समर्थन गरेको बताए ।
उनले भने, “ राजनीति सिन्डिकेट र विरासतबाट चल्दैन, यो वीरताबाट चल्छ ।”
कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
