थप समाचारबिहीबार, फाल्गुण २०, २०७२

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुइको मृत्यु

हिमालखबर

बाँकेको गनापुर २ पिप्रहवा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ ।

दिउँसो साढे १२ बजे नेपालगञ्जबाट कोहलपुर आउँदै गरेको ट्रकले सडक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नपा– ५ का २२ वर्षीय श्यामलाल गुप्ता र त्यसमा सवार नेपालगञ्ज–५ का २५ वर्षीय अनिल नेपालको मृत्यु भएको हो ।

ठक्करबाट घाइते उनीहरुको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

भे ५ प ७८०७ नम्बरको मोटरसाइकल र बा ३ ख ९२७४ नम्बरको ट्रकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रक चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...