समाचारबिहीबार, फाल्गुण २०, २०७२

नेपाली कांग्रेस महाधिवेशन उद्घाटन

हिमालखबर

नेपाली कांग्रेसको १३ औं महाधिवेशन राजधानीको खुलामञ्चमा भव्य समारोहबीच उद्घाटन भएको छ ।

poudel

तस्वीर: बिक्रम राई

‘सुशीलको नेतृत्वमा बनायौँ संविधान, राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन पार्टी कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा वत्ति बालेर गरेका छन् ।

मञ्चमा टाढाबाट हेर्न र सुन्नका लागि ठूला एलइडी पर्दाको व्यवस्था गरिएको छ ।

उद्घाटनमा मञ्चमा कांग्रेसमा सभापति पदका प्रत्यासीत्रय पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला छन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरु, भारत बिहारका मुख्यमन्त्री नितिशकुमार लगायत विदेशी पाहुनाहरु समेत छन् ।

काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, संसद्, सञ्चारकर्मी, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, नेता कार्यकर्तालगायत सहभागीलाई बस्नका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ ।

उद्घाटनस्थल पार्टीको चारतारे झन्डा, पार्टीका ब्यानर, उम्मेदवारका प्रचारका ब्यानर तथा पोस्टरले भरिएको छ ।

सुरक्षाकर्मीको व्यापक उपस्थिति हुनुका साथै कांग्रेसका स्वयम्सेवक उद्घाटनको तयारीमा जुटेका छन् ।
स्थलमा सहभागीलाई खानेपानी र प्राथमिक उपचारको प्रबन्ध गरिएको छ ।

सुन्धारा, भद्रकाली र शान्तिवाटिकाबाट मुलुकभरबाट आएका कांग्रेस नेता कार्यकर्ता भेला भई उद्घाटनस्थल गइरहेका छन् ।

उद्घाटनपछि महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुनेछ ।

आजदेखि चार दिनसम्म हुने महाधिवशेनको निर्वाचन कार्यक्रम भने राष्ट्रियसभा गृहमा हुनेछ ।

महाधिवेशनको तयारीका लागि राजधानी प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ ।

बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरा, गिरिजाप्रसाद कोइराला तथा सुशील कोइरालाका तस्वीर र नारा लेखिएका ब्यानर टाँसिएका छन् ।

महाधिवेशनमा भाग लिन कांग्रेसको विधानअनुसार २४० निर्वाचन क्षेत्रबाट समावेशी समानुपातिक प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० प्रतिनिधि, भ्रातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८, विदेशस्थित १७ जनसम्पर्क समितिका १२६ जना महाधिवेशन प्रतिनिधि राजधानी आइसकेका छन् ।

त्यस्तै वर्तमान केन्द्रीय समितिका पदाधिकारी एवम् केन्द्रीय सदस्य ८४ गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधि महाधिवशेनमा सहभागी हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>