समाचारबिहीबार, फाल्गुण २०, २०७२

मधेशको विषय नेपालको आन्तरिक मामिलाः नितिशकुमार

हिमालखबर

nitishभारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेशको विषय नेपालको आन्तरिक मामिला भएको र यसलाई संबोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भने, “पहाडी, मधेशी र जनजाति सबै नेपाली हुन । यहाँका नेताहरु उनीहरुको समस्या संबोधन गर्न सक्षम छन ।”

उनले भारतले नेपालको प्रगति र विकास मात्रै चाहेको बताए ।

नितिशकुमारले मधेशी नेताहरुले आफूलाई भेटेर संविधानप्रति असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए ।

“नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन,” आफूले मधेशका नेतालाई भनेको नितिशकुमारले सुनाए ।

उनले नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको बताए ।

“नेपालको विकासले भारतलाई पनि सहयोग पुग्छ, मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ,” उनले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>