समाचारबिहीबार, फाल्गुण २०, २०७२
दाहालको प्रश्न, ‘हामीले के गल्ती गर्यौं र नाकाबन्दी खेप्नु पर्यो ?’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको जारी महाधिवेशनमा सहभागी हुन आएका भारतीय नेतालाई सम्बोधन गर्दै भारतले ब्यवहारमा बेलोबला नेपाली जनतालाई दुख दिने गरेको बताएका छन् ।
भाजपा नेता भगतसिंह कोशियारीलाई सम्बोधन गर्दै दाहालले भने, “कोसियारीजी यहाँ हुनुहुन्छ, उहाँमार्फत म सोध्न चाहन्छु हामीले नाकाबन्दी खेप्नुपर्ने के त्यस्तो गल्ती गर्यौं ?”
भारतले नेपाली जनताको भावनामा ठेस पुर्याएको भन्दै उनले थपे, “ भारतीय नेतृत्वले नेपाली जनताको भावनालाई सम्मान गर्छ भन्ने विश्वास् छ, हामीले ब्यवहारमा जेजस्तो अवस्था भोग्नु पर्यो यस्तो अवस्था फेरि नदोहोरियोस् ।”
उनले आफूले ठूलो जोखिम मोलेर गिरिजाप्रसाद कोइरालासँग मिलेर नयाँ प्रयोग गरेको र त्यसैको फलस्वरुप सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्न सकिएको भन्दै यो सबै कांग्रेसले मात्रै गरेको हो भन्दा आफ्नो ‘मनमा च्वास्स घोच्ने’ गुनासो गरे ।
मैले जोखिम नउठाएको भए आज संविधान जारी गर्ने गौरव प्राप्त हुँदनथ्यो,” दाहालले भने, “राष्ट्रको संकट अझै छ, सहज अवस्था आइसकेको छैन ।” यो अवस्थाबाट पार पाउन अझै केही वर्ष देशभित्रका सबै पार्टी मिलेर जानुको विकल्प नभएको दाहालको भनाई थियो ।
उनले गिरिजाप्रसाद कोइराला र सुशील कोइराला नभएको अवस्थामा कांग्रेसको नयाँ नेतृत्व अझ बढी गम्भीर हुनु जरुरी रहेको बताएका थिए ।
अब आउने नेतृत्व राष्ट्रिय संकटलाई समाधान गर्न सक्ने, राष्ट्रिय एकता कायम गर्नसक्ने बन्न सकोस भन्दै उनले शुभकामना व्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
