समाचारबिहीबार, फाल्गुण २०, २०७२

नेपालको आवश्यकतानुसार ईन्धन निर्यात गर्न निर्देशन

रासस

rss_deepkumarभारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज, २० फागुन साँझ नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका थिए ।

उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र इन्धन आपूर्तिका विषयमा विचार आदानप्रदान भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

पछिल्लो समय भारतले नेपाललाई आवश्यकताभन्द कम परिमाणमा इन्धन उपलब्ध गराउँदै आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>