समाचारशुक्रबार, फाल्गुण २१, २०७२

नयाँ नेतृत्वका लागि देउवालाई समर्थनः मन्सुर

सइन्द्र राई

formullahनेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले संस्थापन छोड्दै बरिष्ठ नेता शेरबहादुर देउवालाई समर्थन जनाएका छन् ।

कोषाध्यक्षको प्रत्यासी रहेका मन्सुरलाई देउवाले फूलमालासहित आफ्नो समूहमा स्वागत गरे । स्वागत पाएलगत्तै मन्सुरले देउवालाई विजयको शुभकामना दिएका थिए ।

समूह परिवर्तन गरेपछि मन्सुरले हिमालखबरसँग नयाँ नेतृत्वका लागि देउवालाई समर्थन जनाएको बताए । उनले भने, “कोषाध्यक्ष नपाएर होइन, सक्षम नेतृत्वका लागि मैले समूह परिवर्तन गरेको हुँ ।”

संस्थापनबाट कोषाध्यक्ष पदको उम्मेदवार सितादेवी यादवलाई बनाएपछि मन्सुरले समूह परिवर्तन गरेका छन् । “पार्टीलाई एकताबद्ध बनाउन देउवातिर लागेको हुँ”, मन्सुरले भने, “जीवनभर देउवालाई समर्थन गर्छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>