समाचारशुक्रबार, फाल्गुण २१, २०७२

कांग्रेस महाधिवेशनः बन्दसत्र सकियाे

हिमालखबर

नेपाली कांग्रेसकाे १३अाैं महाधिवेशन अन्तर्गत बन्दसत्र सकिएकाे छ ।
…………………………………

नेपाली कांग्रेसको १३औँ महाधिबेशन अन्र्तगत वन्दसत्र अपरान्ह साढे ५ बजेसम्म मात्रै चल्ने भएकाे छ । भृकुटीमण्डपमा जारी वन्दसत्रमा पार्टीका महामन्त्री प्रकाशमान सिंहले प्रतिवेदन पेश गरेका छन् ।

उनले महाधिबेशनपछि पार्टी संघीय संरचना अनुसार रुपान्तरण गर्ने, केन्द्रीय कार्यसमिति अझ बढी समावेशी बनाउने, पार्टीको विधान अझ बढी समावेशी बनाउनुपर्ने प्रस्ताव पेश गरेकाे प्रचार विभाग प्रमुख डा. मिनेन्द्र रिजालले बताए ।

…………………………………..
नेपाली कांग्रेसको १३औं महाधिवेशन अन्तर्गत बन्दसत्र शुरु भएकाे छ । अहिले कार्यबाहक सभापति रामचन्द्र पाैडेलले नीति तथा कार्यक्रम सम्बन्धी प्रतिवेदन पेश गर्दैछन् ।

यसपछि महाहामन्त्रीले पार्टीको सङ्गठनसम्बन्धी र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिने कार्यक्रम छ ।

पार्टी प्रवक्ता दिलेन्द्र बडूका अनुसार नीति तथा कार्यक्रममा कांग्रेसको मूल आदर्श राष्ट्रियता, प्रजातन्त्र, समाजवादका बारेमा समसामयिक व्याख्या, समसायिक राजनीतिक विश्लेषणलाई समेटिएको छ ।

नयाँ नेतृत्वका लागि आज मनोनय दर्ताको कार्यक्रम भएकाले बन्दसत्रको कार्यक्रम दिउँसो राखिएको काँग्रेसले जनाएको छ ।

बन्दसत्र आयोजना हुने स्थल वरपर र प्रवेश मार्गमा नयाँ नेतृत्वका लागि समर्थक पर्चा बाँडेर मत माग्न थालेका छन् । भृकुटीमण्डप परिसर उम्मेदवारी दिएका उम्मेदवारका फ्लेक्स प्रचारप्रसार सामग्रीले रङ्गीचङ्गी बनेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>