समाचारशुक्रबार, फाल्गुण २१, २०७२
६४ पदमा ३७५ जनाको उम्मेदवारी (नामावलीसहित)
नेपाली कांगग्रेसको तेह्रौ महाधिवशेनका लागि सभापतिदेखि सदस्यसम्मको पदमा ३७५ जनाको उम्मेदवारी परेको छ ।
पदाधिकारीमा तीन समूहसहित एक कोषाध्यक्षको उम्मेदवारी परेको छ । सभापति र महामन्त्रीमा प्यानल उम्मेदवारी परेकोमा कोषाध्यक्षमा कृष्णबहादुर कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला, महामन्त्रीमा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा चित्रलेखा यादव, सीतादेवी यादव, उमाकान्त चौधरी र कृष्णबहादुर कार्कीको उम्मेदवारी परेको छ ।
खुला २५ सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ भने खुला महिला ६ सिटमा ४० जनाको उम्मेदवारी परेको छ ।
यस्तै, प्रदेशको १४ सिटका लागि १०२ जनाको उम्मेदवारी परेको छ । आदिवासी जनजाति पुरुष तीन सिटमा ५० जना तथा महिला दुई सिटमा १४ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताए ।
यस्तै, दलिततर्फको तीन सिटमा २१ जना तथा महिलातर्फको दुई सिटमा ६ जनाको उम्मेदवारी परेको छ । मुस्लिमतर्फको एक सिटका लागि १०, मधेशी पुरुषतर्फ तीन सीटमा १८ र महिलातर्फ दुई सीटमा १० जनाले उम्मेदवारी दिएका छन् ।
नामावली प्रकाशन, दाबी विरोध लगायतका कार्यक्रम भइरहेको संयोजक अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
