थप समाचारशुक्रबार, फाल्गुण २१, २०७२
एसएलसीमा ६ लाख परीक्षार्थी
परीक्षा नियन्त्रण कार्यालयले यो वर्षको एसएलसी परीक्षाको तयारी पूरा भएको जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा गोप्य रुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत सकिएको बताए । उनले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताए ।
उनले भने, “परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतका सबै सामग्री सबै जिल्लामा पठाई सकिएको छ, प्रश्नपत्र पनि अधिकांश जिल्लामा पठाइसकिएको छ, बाँकी बागमतीका, दोलखा, सिन्धुपाल्चोकलगायत १० जिल्लामा पनि पठाउँदैछौँ ।”
परीक्षामा यस वर्ष ६ लाख १५ हजार विद्यार्थी सहभागी हुनेछन् । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले नियमित र एक्जाम्टेड गरी ६ लाख १२ हजार तथा प्राविधिकतर्फका तीन हजार विद्यार्थीले परीक्षामा सहभागी हुनेछन् । जसमा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र एक्जाम्टेडतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।
नियमिततर्फ प्राविधिकतर्फका ९९ विद्यालयका तीन हजार २५५ विद्यार्थी सहभागी हुँदैछन् । जसमा नियमिततर्फ दुई लाख २५ हजार ३४६ छात्र र दुई लाख २७ हजार ५३५ छात्रा सहभागी हुनेछन् ।