समाचारशुक्रबार, फाल्गुण २१, २०७२
सरकार परिवर्तन हाेइन विस्तार हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नेकपा एमालेको पहल र अडानले नयाँ संविधान बनेको बताएका छन् ।
सुखानीका सहिदको ४३औं स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौंले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन गर्न यही सरकारले निरन्तरता पाउनुपर्ने बताए ।
उनले भने, “महाधिवेशन सकिएपछि कांग्रेस पनि सरकारमा आउँछ । नआएपनि लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्छ ।”
सरकारले पुनःनिर्माणको अभियान सुरु गरिसकेको र नाकाबन्दीबाट मुलुकलाई पार लगाउन थालेको सन्दर्भमा सरकारबारेमा भ्रममा नपर्न आग्रह गर्दै उनले जनताले एमालेप्रति विश्वास बढाउँदै आएकाले देशव्यापी प्रवेशको लहर बढ्ने विश्वास व्यक्त गरे । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
