समाचारशुक्रबार, मंसिर १५, २०६९

निकासका लागि १५ जेठसम्म कार्यकाल भएको सरकारः आचार्य

सन्त गाहा मगर

गणेशमान सिं अध्ययन प्रतिष्ठानद्वारा १५ मंसिरमा राजधानीमा आयोजित ‘वर्तमान संकटको निकास र आमनिर्वाचन’ विषयक कार्यक्रममा आचार्यले २०७० वैशाखमा चुनाव सम्पन्न गर्न सहमतीको सरकार बनाउनुपर्नेमा जोड दिए । विघटित संविधानसभाअन्तर्गतको संवैधानिक समितिको सभापति समेत रहिसकेका आचार्यले १५ जेठसम्मका लागि संकट मोचन सरकार गठन गर्नुपर्ने बताएका हुन ।
राजनीतिक दल बाहिरका व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने चर्चा चलिरहेका बेला आचार्यले भने दलका प्रमुख नेताहरूकै नेतृत्वमा सरकार बनाउनु पर्ने बताएका छन् । पार्टीमा कार्यकारी अधिकार भएको नेताहरू सम्मिलित सरकारले मात्रै संकट मोचन गर्न सक्ने उनको भनाई छ । आचार्यले भने, “पार्टीका कार्यकर्ता वा स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनेको सरकारले निकास दिन सक्दैन ।”
कार्यक्रममा आचार्यले विद्यमान राजनीतिक र संवैधानिक संकटको कारक प्रधानमन्त्री बाबुराम भट्टराई भएको भन्दै भट्टराई वा उनकै पार्टीका अन्य नेताको नेतृत्वमा सरकार बन्न नसक्ने धारणा राखे । उनले भने, “संकट निम्त्याउनेलाई दण्ड दिन नसके पनि पुरस्कृत चाहिँ नगरुँ ।” छोटो कार्यकालका लागि बनाइने सरकारलाई चुनावसम्बन्धी कानुन संशोधन र चुनावका लागि आवश्यक संवैधानिक नियुक्त गर्ने अधिकार दिनुपर्ने उनको भनाई थियो ।

‘चुनाव जान संविधान बाधक छैन’

आचार्यले नयाँ चुनावमा जानका लागि संविधान बाधक नरहेको बताएका छन् । कार्यक्रममा अधिवक्ता भीमार्जुन आचार्यले पनि अध्यादेशमार्फत चुनावसम्बन्धी कानुन बनाएर चुनावमा जान सकिने बताए । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले एमाओवादीको नेतृत्वमा चुनावी सरकार बन्न नसक्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>