समाचारशुक्रबार, फाल्गुण २१, २०७२
ओली नेतृत्वको सरकार चाँडै ढल्छः उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दुईचार दिनभित्रै ढल्ने बताएका छन् ।
वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले यो सरकार केही दिनको पाहुना मात्रै भएको बताए । उनले भने, “आफ्नै कारणले यो सरकार ढल्छ, कसैले रोक्न सक्दैन ।”
अध्यक्ष यादवले मधेशी मोर्चा निर्णायक आन्दोलनको तयारीमा रहेको बताए । भारत भ्रमण गएका ओलीले संविधान सच्याउनुपर्ने सन्देश लिएर फर्किएको बताए । उनले ६ महीना लामो आन्दोलनले मधेशलाई विश्वभर चिनाएको बताए ।
–सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
