थप समाचारशुक्रबार, फाल्गुण २१, २०७२

नक्कली चिकित्सक पक्राऊ

हिमालखबर

ddनेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली चिकित्सक पक्राऊ गरेको छ ।

महारागञ्जबाट खटिएकोे सीआईबीको टोलीले थानकोटबाट नक्कली चिकित्सक सुजितकुमार श्रेष्ठलाई पक्राऊ गरेको हो ।

प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाण पत्र पेश गरी चिकित्सक बनेका उनी जिल्ला अस्पताल डोटीमा मेडिकल अधिकृतका रुपमा काम गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

काठमाण्डौ चन्द्रागिरी नगरपालिका, चुनीखेल–६, थानकोटका ४७ वर्षीय श्रेष्ठलाई थानकोटबाट पक्राउ गरी सरकारी छाप दस्तखत कीर्ते तथा नेपाल मेडिकल काउन्सिल ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

सीआईबीले २३ र २४ माघमा १३ जना नक्कली चिकित्सक पक्राऊ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...