समाचारशनिबार, फाल्गुण २२, २०७२
‘प्रधानमन्त्रीको चीन भ्रमणपछि इन्धन आयात सहज हुन्छ’
सुचना तथा सञ्चार मन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि आपूर्ती व्यवस्था सहज हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल झापाले गरेको पत्रकार सम्मेलनमा राईले चैत पहिलो साता हुने प्रधानमन्त्री ओलीको भ्रमणपछि आपूर्ती पूर्ण रुपमा सहज हुने बताए ।
उनले भने, “नाकाबन्दी हटिसकेको भएपनि आपूर्ती व्यवस्था अझै ७० प्रतिशत हाराहारी मात्रै भइरहेको छ, चीन भ्रमणपछि पूरै सहज हुन्छ ।”
उनले प्रतिपक्षहरुले सरकार परिवर्तनको निर्थक हल्ला चलाएको बताए । उनले भने, “ढुक्क हुनुहोस्, सरकारमा कांग्रेस आएर मिसिन्छ, परिवर्तन हुँदैन ।” सञ्चारमन्त्री राईले कांग्रेस सरकार बाहिर बसेर टिप्पणी गर्नुको औचित्य पुष्टि हुँदैन ।
–गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
