समाचारशनिबार, फाल्गुण २२, २०७२

संविधानजस्तै विधान बनाउन कांग्रेस जिल्ला सभापतिहरुको माग

हिमालखबर

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले संविधानले व्यवस्था गरेको संघीय संरचना अनुसार पार्टी विधान बनाउन माग गरेका छन् ।

भृकुटीमण्डपमा जारी १३औं महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापतिहरुले राज्य पुनःसंरचना भएकाले सोहीअनुसार पार्टी संरचना बनाउन माग गरेका हुन् । उनीहरुले महाधिवेशन सकिएको तीन महीनाभित्र विधान संशोधन गर्न माग गरे ।

तेह्रथुम सभापति गोविन्द ढुङ्गानाले केन्द्रले आफू अनुकूल नभई सम्पूर्ण पार्टीको हितलाई ध्यानमा राखेर महाधिवेशन सम्पन्न भएको तीन महिनाभित्र विधान संशोधन गर्न माग गरे ।

सुनसरी राजिव कोइरालाले पार्टीको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्र भएको गुनासो गरे । उनले भने, “संघीयतामा जाने तर प्रदेश निर्माणमा अखण्डताको शैली अपनाउने पार्टीको विरोधाभाषपूर्ण नीति किन ?”

धादिङ सभापति रमेश धमलाले मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न पार्टीमा आमूल परिवर्तनको आवश्यकता रहेको बताए । सवैभन्दा कान्छा सभापति चितवनका जितनारायण श्रेष्ठले १२औँ महाधिवेशनलाई एकताको महाधिवेशन भनेपनि त्यसको भोलिपल्टदेखि नै ६०/४० को भागबण्डा सुरु भएकोले त्यसलाई यस महाधिवेशनले अन्त्य गर्नुपर्ने बताए ।

नयाँ नेतृत्वका लागि भोलि २३ फागुन बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदानको तालिका छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>