Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनः एउटा कलाविहीन जात्रा - Himalkhabar.com

ब्लगशनिबार, फाल्गुण २२, २०७२

कांग्रेस महाधिवेशनः एउटा कलाविहीन जात्रा

हिमालखबर

कांग्रेसका सभापतिहरू बीपी, गिरिजाबाबु, सुशील कोइराला सबैले आर्यघाटमै तानाबाना बुझाएका हुन् । यस्तो आशक्ति देखिएका अहिले पनि गगन थापालाई ‘महामन्त्रीमा उठ्ने बेला भएको छैन’ भन्दै आलोचना गर्छन् ।

–विश्व पाैडेल

12789976_10206019624149809_356462573_oउद्घाटन समारोह र नेताहरुको वक्तृत्व
कांग्रेसका बृद्ध नेताहरुको दयनीय बक्तृत्वकलाले गर्दा महाअधिवेशन नै वामपन्थी आमन्त्रित नेताहरुले सबभन्दा बढी ताली खाएर सकिने डर सधैँ हुन्छ । पूर्व कांग्रेसी नेता विजयकुमार गच्छदार बोल्दाबोल्दै निदाउँछन् भनिन्छ ।

कार्यकर्ता निदाउने खतरा त सबै जसो पुराना, कांग्रेस नछोडेका कांग्रेसी नेताहरुले बोल्दा हुन्छ । देउवाले यसपटकको महाअधिवेशनमा थोरै बोले र रामचन्द्रको ‘आत्महत्या गर्ने’ कुरा चर्चामा आयो। सिटौलाले बोल्दा विद्रोही ‘अन्डरडग’ को जस्तो ऊर्जा भने थिएन भन्ने धेरैको भनाई थियो। समग्रमा तीनै जनाले आफ्नो आकर्षक बोलीले कार्यकर्ताको दिल जित्ने मौका गुमाए ।

पुराना कतिपय नेताहरुले आफ्नो बक्तृत्वकलामा भएको कमीलाई अरु अध्ययनले पुरा गर्थे । ती शास्त्रका प्रसंग झिक्थे, मिठा सम्झनाहरु पस्कन्थे ।

पञ्चायत कालमा मुर्झाएका आफ्ना कार्यकर्ताहरुलाई गणेशमान सिंह गीताको ‘हतो वा प्राप्स्यसी स्वर्गं जित्वा वा भोक्ष्यसे महीम, तस्मात उत्तिष्ठ कौन्तेय युद्धाय क्रितनिश्चयः’ भन्दै पञ्चायत विरुद्ध लड्न जुरुक जुरुक पार्थे भनिन्छ।

कृष्णप्रसाद भट्टराई रसिक थिए भने बीपीको अथाह ज्ञान र परिचय मात्र पनि व्यक्तिहरुको ध्यान तान्न यथेष्ट थियो ।

तिकडम बाजी र कोठे राजनीति गरेर आएका भएकोले होला, अहिलेका कतिपय वक्ताहरुमा ज्ञान र जोश दुबै छैन । रामशरण महत कुरा धेरै बुझ्छन् तर उनका कुरा सुनौ–सुनौ लाग्ने गरी सुनाउन सक्दैनन ।

प्रकाशमान सिंहलाई सुन्न भन्दा पनि उनलाई हेरिरहदा गणेशमानको झल्को पाइने भएकोले पनि यो ब्लग लेखक जाने गर्छ । तर, उनी कसैलाई हसाँउन वा जुरुक–जुरुक पार्न सफल भएको यस लेखकलाई थाहा छैन । यस महाधिवेशनमा भने प्रकाशमानले राम्रो बोलेका थिए, नयाँ कुरो केही नगरेपनि उनको प्रस्तुती ओजिलो थियो भन्ने धेरैको भनाई थियो ।

भृकृटीमण्डपको जात्रा
२१ फागुन दिउँसो भृकुटीमण्डप अगाडिको प्रदर्शनीमार्ग दिनभरी कांग्रेसजनको भिडले भरिएको थियो । पदाधिकारीमा उठ्ने तीनै प्यानलका समर्थकले बाटोमा नाराबाजी गरेका थिए ।

देउडा गायक नन्दकृष्ण जोशी पनि केन्द्रीय सदस्यमा लडेका रहेछन्, उनले एउटा गाडीमा ‘झ्याम्म झ्याम्म’ गीत घन्काएर छोडेका थिए । नारा लगाउनेहरुले खासै नयाँ र क्याची नारा लगाएका थिएनन् । रामचन्द्र पौडेलको समर्थनमा नाराबाजी गरिरहेकाहरुले ‘नेपाली कांग्रेस (जिन्दाबाद’ भन्दाभन्दै नारा सकिएर हो कि किन हो ‘वी वान्ट(फ्रिडम’सम्म भन्न भ्याएका थिए ।

केन्द्रीय सदस्यमा धेरै जना उठेको भएकोले यस्ता नारावाजी केही प्रभावकारी पनि हुँदा हुन् । युवा नेताहरु बद्री पाण्डे, रामहरी खतिवडालगायत मानबहादुर विश्वकर्मा, लक्ष्मी परियार आदिका कार्यकर्ताहरु निकै नाराबाजी गरिरहेका भेटिन्थे । प्रभावशाली युवा नेता प्रदीप पौडेलको समर्थनमा एउटा रोबोट भोट माग्दै हिडिरहेका थिए ।

सुनसरी कांग्रेसका कार्यकर्ता हाजी महमद मियाँ खुट्टा खुम्चाउदै उनको स्थूलकाय जिउ लिएर अघी बढे र एक झुण्ड ढाकाटोपी लगाउने लिखुरा जनजाति कार्यकर्ताहरुसँग भलाकुसारी गरे । सभागृहको गेट छेउमा धेरै थारु कार्यकर्ताहरु बसेका थिए भने पद्मोदय मोडनिर कतिपय मधेशी कार्यकर्ताहरु ।
आरक्षणको प्रावधानले गर्दा यसपाली कांग्रेसको सम्मेलनमा २०० जना भन्दा बढी दलित प्रतिनिधिहरु आएका छन् भने महिलाहरु पनि उल्लेखनीय संख्यामा छन् । पार्टीहरुले यसरी साझा राष्ट्रिय परिचय बनाउन मद्दत गरेका छन् । धेरैजसो हामीले पार्टीहरुको आलोचना गर्दा उनीहरुले राष्ट्रिय पहिचान निर्माण गरेको र सामाजिक परिवर्तनको मूख्य सम्वाहक भएको बिर्सिन्छौ । भृकुटीमण्डपले आज यो सम्झायो ।

भोट माग्नेहरुको नयाँ बिचार अथवा अजेन्डा केही नभएको जस्तो देखिन्थ्यो । भित्र राजनैतिक प्रतिवेदनमा छलफल भएको दिनमा समेत कार्यकर्ताहरु ‘ओ हो ! फलानो नेताले यो सोच गरेको छ’ भन्ने छलफल गर्नुभन्दा कसले जित्छ र कसले हार्छ भन्नेमा सीमित थिए ।

युवानेता प्रदीप पौडेलको डकुमेन्टमा भने २००३ देखि २०७२ सम्म आइपुग्दाको बदलिदो परिस्थितिमा प्रजातन्त्र, राष्ट्रियता र समाजबाद तीनवटै सैद्धान्तिक खम्बाहरुको भाष्यमा परिवर्तन गर्नुपर्छ भन्ने कुरा छ । तर, गगन थापा, प्रदीप पौडेल र गुरु घिमिरेजस्ता युवा नेताहरु बाहेकका कांग्रेसीजनहरु यस्ता सैद्धान्तिक बहसको लागि धेरै तत्पर देखिदैनन् ।

आर्यघाटमा तानाबना बुझाउँनेहरु
राणाकालमा मानिसहरु बुढो भइञ्जेलसम्म सरकारी जागिर खान्थे र जागिर कुनैबाट लागेर नखोसिएमा आर्यघाटमा पुगिसकेर बल्ल तानाबाना बुझाउँथे (अर्थात राजिनामा गर्थे)। सरदार भिमबहादुर पाण्डेले ‘त्यसबखतको नेपाल’मा शेरबहादुर मल्ल र पुष्पराज राजभन्डारीले त २००७ साल पछि पनि आर्यघाटमै तानाबाना बुझाएका थिए रे भनेर लेखेका छन् ।

कांग्रेसका सभापतिहरु गिरिजा बाबु, बीपी, सुशील कोइराला सबैले एक अर्थमा आर्यघाटमै तानाबाना बुझाएका हुन् । सभापतिहरु बुढा भइञ्जेलसम्म खटेको देखेपछि अरुमा पनि त्यो आशक्ति देखिनु स्वाभाविक भैगो । त्यसैले बुढाहरु यसपाली पनि प्रसस्तै उठेका छन् । युवा नेता गगनलाई यस्ता मानिसहरु ‘महामन्त्रीमा उठ्ने बेला भएको छैन’ भन्दै आलोचना गर्छन् ।

गेट बाहिर बसेर प्रचार गर्ने धेरै युवाहरुलाई बुढा नेताहरु भने पहेली जस्ता हुन्छन् । साँझ ५ बजेतिर बन्द सत्रबाट इमान्दार बुढा नेता केबी गुरुङ बाहिर निस्केका थिए तर, धेरैले उनलाई नचिने झैं गरे । बुढा नेताहरुलाई आफ्नो गौरवशाली अतित सम्झेर पनि आफु के–के न हुँ भन्ने हुन्छ ।

तर, नयाँ पुस्तालाई उनीहरुबारेमा खास मतलब हुँदैन । हिजो मात्र मलाई एक युवा नेताको अफिसमा उनका सहायकले ‘रामनारायण मिश्र को हुन ?’ भनेर सोधेका थिए।

नमरुञ्जेल आफू पदमा बस्न खोज्ने र मरेपछि पनि आफ्नै छोरा वा छोरीलाई पदमा राख्न खोज्नु त राजतन्त्र जस्तै हो । ठीक ६० वर्षअघि सन् १९५६ को २७ फेब्रुअरीको दिन बीपीले ‘राजा पुरातन रुढिवादको कुरा हो । जनशक्ति उत्पादन भएपपछि राजाको स्थान जनताले लिन्छ’ भनेका थिए ।

भृकुटीमन्डपमा आज कांग्रेसीहरु दुईथरी वैचारिक क्याम्पमा थिए, एकातिर इन्जिनियर दिनेश त्रिपाठी जस्ता थिए जो ‘एक जना कोइराला त चाहिन्छ’ भन्दै थिए । अर्कोतिर शंकर तिवारी थिए जो गगनले जिते मुलुकको राजनैतिक र आर्थिक कायापलट हुने संभावना देख्थे ।

१९९० सालतिर जुद्ध शम्सेरलाई के सुर चल्यो, कर्णेल चन्द्रजंग थापा र गम्भीररजंग थापाजस्ता प्रभावशाली र चन्द्र शम्सेरको पालादेखि ढलिमली गर्दै आएका जंग थापालाई समेत असर पर्नेगरी नेपालको ईतिहासमा कहिल्यै नआटिएको नयाँ नियम ल्याएस् जंगी सेवाका कर्मचारीहरुले उमेर पुगेपछि अनिवार्य अवकाश लिनुपर्ने र त्यसपछि पेन्सनमा बाँच्नुपर्ने ।

निर्णय सजिलो थिएन, तर जुद्धले आँटेका थिए । उनको निर्णयको असर इमान्दार, बुढा सिपाहीहरुलाई पर्थ्यो, कतिपय यस्ता बुढाहरुका नातेदार छोराछोरीहरु बलिया र प्रभावशाली पनि थिए र तिनको क्रोधले जुद्धलाई शासन गर्न अप्ठ्यारो पार्न पनि सक्थ्यो ।

मुलुकलाई भने यसले फाईदा गरेको थियो। तत्काललाई मात्र सोचेर काम गरेका भए जुद्धले त्यस्तो अप्रिय निर्णय गर्दैनथे होलान् । कांग्रेसीहरु भने अवका केहीदिन यस्तै अप्रिय निर्णय गर्ने कि नगर्ने भन्ने दोधारमा बिताउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>