रमझमशुक्रबार, मंसिर १५, २०६९
आतिफले तताए रंगशाला (फोटो फिचर सहित)
काठमाडौं दशरथ रंगशाला १५ मंसिर आयोजित कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीतमार्फत चिसो मौसम दर्शकका तताए । उनले अधिकांश पपशैलीका गीतहरु गाएका थिए । ‘पिया ओ रे पिया…’, ‘तेरे नाल लभ हो गया’, ‘दूरी..सही जाए ना…’, ‘तेरे बिन’, ‘बाखुदा’ ‘वह लम्हें, वह बातें कोई ना जाने…, तु जाने ना…, पहली नजर में…लगायतका गीत दर्शक नाच्दै उनलाई उनको स्वरमा स्वर मिलाउदै उनलाई साथ दिए ।
यी २९ वर्षिय आतिफ कन्सर्टको फेसवुक पेज लाईक गर्नेहरुको संख्या ४० लाखवढि भएपनि हेर्न आउनेको संख्या झन्डै दश हजारको हाराहारीमा थियो । ओडिसी इन्टरटेनमेन्टले आयोजना गरेको उनको कन्सर्ट हेर्न युवा वर्गको घुइचो लागेको थियो । त्यसमा पनि युवतीको बढी भीड देखिन्थ्यो। कन्सर्टमा धेरै जसो युवतीहर आइलभ यु आतिफ भन्दै चिच्याएको सुन्थ्यिो । सुरक्षाकर्मी, स्वंसेवक, सञ्चारकर्मी सवै गर्दा झन्डै तेह्र्र हजारको संख्यामा दर्शकहरु थिए ।
रक पप शैलीमा गाउने उनी पछिल्लो समय बलिउडमा प्लेब्याक गायकका रुपमा चर्चित छन ्। आतिफलाई बलिउड निर्दशक महेश भट्टले सात वर्षअघि जहर फिल्म मार्फत ब्रेक दिएपछी उनी लोकप्रिय भएका हुन् । त्यसयता उनले बलिउडका दर्जनजति फिल्ममा गाइसकेका छन । अस्लामको टीमका दश जना रहेका छन ्। हलिउडमा समेत स्वर दिइसकेका उनले आधा दर्जन एल्बम निकालेका छन ।
नेपालमै उपलब्ध साउन्ड र लाइट सिस्टम प्रयोग गरिएको यस कन्सर्टलाई पर्यटन बोर्डले समेत सहयोग गरेको आयोजक संस्था ओडिसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए । सुरक्षा सतर्कताको लागि १६ सय सुरक्षाकर्मी, कार्यक्रमस्थलमा सीसीटीभी क्यामराको समेत जडान गरिएको थियो । अस्लाम कन्सर्टमा उपस्थिती हुनुअघि नेपालको राष्ट्रिय गीतबाट सुरुवात गरिएको थियो । त्यसपछि डिजे शिशिर र तारेमामले डिजेइङ गरेका थिए भने उपेन्द्र एन्ड फ्रेन्ड्सले पनि झन्डै एक घन्टा दर्शकलाई झुमाएका थिए । आतिफ शनिवारै फर्कदैछन् ।
कार्यक्रमको शुरुमा दर्शकको ठुलो उपस्थिती नदेखिएपनि कार्यक्रमको अन्त्यसम्ममा धेरै दर्शक पुगेका थिए । कन्सर्ट हेर्न पुगेका दर्शकको सुरक्षा जाँच निकै कडा पारिएको थियो।
-ऋषिराम कट्टेल