समाचारशनिबार, फाल्गुण २२, २०७२

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन

हिमालखबर

काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको १३औं महाधिवेशनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

निर्वाचन समितिका अनुसार ३७५ जनाले उम्मेदवारी दिएकोमा ६० जनाले फिर्ता लिएपछि ३१५ जनाबीच प्रतिश्पर्धा हुनेछ । कांग्रेसको विधानले ६४ सदस्यीय केन्द्रीय कार्य समितिको व्यवस्था गरेको छ ।

सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापाको उम्मेदवारी छ ।

यस्तै, कोषाध्यक्षमा सितादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्कीको उम्मेदवारी परेको छ । तीन वटा प्यानल उम्मेदवारी परेकोमा कार्कीले स्वतन्त्र रुपमा कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

२० फागुनदेखि भइरहेकाे महाधिवेशनमा भाेलि २३ फागुन विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानकाे कार्यक्रम रहेकाे छ । मतदान सकिएलगत्तै सभापति पदकाे मतगणना शुरु हुनेछ भने सभापति पदकाे परिणाम अाएपछि मात्रै अन्य पदकाे गणना हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>