समाचारशनिबार, फाल्गुण २२, २०७२
कांग्रेस महाधिवेशनः बन्दसत्र सकियो, २३ फागुन विहानदेखि मतदान
जारी नेपाली कांग्रेसको १३औँ महाधिवेशन अन्तर्गत बन्द सत्र सकिएको छ ।
दुईदिन चलेको बन्दसत्रले कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रम, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सांगठानिक र कोषाध्यक्ष चित्रलेखा यादवले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिवेदनमाथि ४२ जिल्ला सभापति, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले छलफलमा भाग लिएका थिए । सांगठनिक प्रतिवेदनमाथि महामन्त्री सिटौला र नीति तथा कार्यक्रममाथि महेश आचार्यले जवाफ दिएका थिए ।
तीन वटै प्रतिवेदन पारित गर्दै बन्दसत्र सकिएपछि भोलि २३ फागुन विहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
