समाचारआइतबार, फाल्गुण २३, २०७२
कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान
काठमाडौंमा जारी १३औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न मतदान शुरु भएको छ ।
२० फागुनदेखि भइरहेको महाधिवेशनमा अहिले मतदान भइरहेको छ । राष्ट्रिय सभागृहमा सभापतिका प्रत्यासीहरु रामचन्द्र पौडेल, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौलाले मतदान गरिसकेका छन् ।
अन्य पदाधिकारीहरुले पनि मतदान गर्दै छन् । मतदानको साँझ ५ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा ६४ पदका लागि ३१५ प्रत्यासी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
