समाचारआइतबार, फाल्गुण २३, २०७२
प्रधानमन्त्रीको भारत भ्रमण सफलः एमाले
नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण ऐतिहासिक रुपमा सफल भएको जनाएको छ ।
भ्रमण सफल भएको समीक्षा निकालिएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए । उनका अनुसार आगामी चीन भ्रमणबारे पनि बैठकमा छलफल भएको छ ।
बैठकमा सरकारको कामकारबाही र संविधान कार्यान्वयन, मधेशमा चलाइएको तीन महीने अभियान, पार्टी विभागहरुको पूर्णता र सल्लाहकार समितिको मनोनयनबारे छलफल गर्ने कार्यसूची रहेको छ ।
अर्काे बैठक भोलिका लागि बोलाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
