समाचारआइतबार, फाल्गुण २३, २०७२
कांग्रेस महाधिवेशनः मतदान सकियो, १० बजेदेखि मत गणना
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदान सकिएको छ ।
विहानबाट शुरु भएको मतदान सकिएपछि गणना गर्ने तयारी भइरहेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ३१४८ मत खसेकाे छ ।
पहिलाे चरणमा अहिले १० बजेबाट सभापति पदको गणना हुने भएको छ । सभापतिको परिणाम आएपछि अन्य पदहरुको गणना हुने निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा दोस्रो चरणको मतदान गर्नुपर्ने अवस्था आए मतदानपछि मात्रै अन्य पदको गणना हुनेछ । काठमाडौंमा जारी १३औं महाधिवेशनमा ६४ पदका लागि ३१२ जनाले प्रतिश्पर्धा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
