थप समाचारआइतबार, फाल्गुण २३, २०७२
आयोगद्वारा १५ दलको दर्ता खारेज
निर्वाचन आयोगले तीन वर्षदेखि आयव्यय विवरण नबुझाउने १५ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।
निर्वाचन आयोग ऐन, २०६३ को दफा २४ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।
दर्ता खारेजीमा परेका दलले प्राप्त गरेको नाम, चुनाव चिह्न र झन्डा खारेज गर्ने र एक वर्षसम्म अन्य कुनै राजनीतिक दलले तिनलाई प्रयोग गर्न नपाउने गरी ‘फ्रिज’ गरेको छ ।
आयोगले दल दर्ता खारेजीसम्बन्धी सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वासुदेव गुरागाईंले बताए ।
त्यसैगरी, पाँचवटा दलले तीन आर्थिक वर्ष (आव)को निर्धारित समय भन्दा पछि विवरण बुझाएका, ५० दलले दुई आवको वार्षिक प्रतिवेदन पेस नगरेका र ६५ दलले एक आवको प्रतिवेदन पेस नगरेको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>