समाचारआइतबार, फाल्गुण २३, २०७२
कांग्रेस महाधिवेशनः सभापति पदको मतगणना सम्पन्न
नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ । सभापतिका तीनै जना प्रत्याशीमध्ये शेरबहादुर देउवाले १५६४, रामचन्द्र पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत प्राप्त गरेका छन् ।
कसैको पनि कुल खसेको मतमध्ये ५१ प्रतिशत नपुगेपछि आजै दोस्रो चरणको निर्वाचन हुने भएको छ ।
……………………..
सभापतिमा शेरबहादुर देउवाले १३४३, रामचन्द्र पौडेलले १०११ र कृष्णप्रसाद सिटौलाले २७९ मत प्राप्त गरेका छन् । निर्वाचन समितिका अनुसार ८४ मत बदर भएको छ भने २७०० मत गणना सकिएको छ । सभापति निर्वाचित हुन १५ सय ७५ मत ल्याउनु पर्ने देखिन्छ ।
………………………………..
सभापतिमा शेरबहादुर देउवाले १२६४, रामचन्द्र पौडेलले ८८० र कृष्णप्रसाद सिटौलाले २६६ मत प्राप्त गरेका छन् ।
……………………………….
सभापतिमा शेरबहादुर देउवाले ११६०, रामचन्द्र पौडेलले ८५० र कृष्णप्रसाद सिटौलाले २३२ मत प्राप्त गरेका छन् । सभापति निर्वाचित हुन १५ सय ७५ मत ल्याउनु पर्ने देखिन्छ ।
………………….
सभापतिमा शेरबहादुर देउवाले ११२०, रामचन्द्र पौडेलले ८१६ र कृष्णप्रसाद सिटौलाले २१६ मत प्राप्त गरेका छन् । सभापति निर्वाचित हुन १५ सय ७५ मत ल्याउनु पर्ने देखिन्छ ।
……………………
सभापतिमा शेरबहादुर देउवाले १०६९, रामचन्द्र पौडेलले ७८१ र कृष्णप्रसाद सिटौलाले २०४ मत प्राप्त गरेका छन् ।
…………………….
सभापतिमा शेरबहादुर देउवाले ८८२, रामचन्द्र पौडेलले ६३३ र कृष्णप्रसाद सिटौलाले १६० मत प्राप्त गरेका छन् ।
……………….
सभापतिमा शेरबहादुर देउवाले ७९०, रामचन्द्र पौडेलले ५५० र कृष्णप्रसाद सिटौलाले १४७ मत प्राप्त गरेका छन् । सभापति निर्वाचित हुन १५ सय ७५ मत ल्याउनु पर्ने देखिन्छ ।
………………..
सभापतिमा शेरबहादुर देउवाले ७३३, रामचन्द्र पौडेलले ५१२ र कृष्णप्रसाद सिटौलाले १३५ मत प्राप्त गरेका छन् ।
…………………….
सभापतिमा शेरबहादुर देउवाले ६१९, रामचन्द्र पौडेलले ४५० र कृष्णप्रसाद सिटौलाले १२० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएपछि मतगणना शुरु हुँदैछ ।
सभापतिद्वारा मनाेनित ३० जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न नपाएपछि विवाद हुँदा साँझ १० बजेदेखि शुरु हुने भनिएकाे गणना हुन सकेकाे थिएन । तर, निर्वाचन समितिले मतदान कार्य सकिएकाे भन्दै गणनाका लागि तयारी गरेकाे हाे ।
अहिले समितिले गणनाका क्रममा पालना गर्नुपर्ने अाचारसंहिता तयारी गरी त्यसमा हस्ताक्षर गराएर गणना शुरु गर्ने तयारी भइरहेकाे छ ।
………………………………………..
अहिले १० बजेबाट शुरु हुने भनिएको गणना अझै शुरु हुन सकेको छैन । तर, केही समयभित्रै गणना शुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।
पहिलो चरणमा सभापति पदको गणना हुने भएको छ । आज राति नै सभापतिको गणना सकेर दोस्रो चरणमा जानुपर्ने भए भोलि विहान पुनःमतदान गर्ने निर्वाचन समितिको तयारी छ ।
३१४८ मत खसेको मतदानमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला प्यानलसहित सभापति पदका प्रत्यासी छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
