समाचारसोमबार, फाल्गुण २४, २०७२
देउवा र पौडेलबीच फेरि प्रतिस्पर्धा हुने, सिटौला बाहिरिए
नेपाली कांग्रेस सभापति पदका लागि भएको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । अबको प्रतिस्पर्धा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच हुनेछ भने कृष्णप्रसाद सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
दोस्रो चरणको निर्वाचन आज, २४ फागनु दिउँसो २ बजेदेखि ५ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।
हिजो, २३ फागुनमा सम्पन्न निर्वाचनको मतरपरिणाम अनुसार शेरबहादुर देउवाले सर्वाधिक १५६४ मत प्राप्त गरेका छन् । सभापतिमा निर्वाचित हुन (५१ प्रतिशत प्राप्त गर्न) १५७५ मतको आवश्यकता थियो ।
रामचन्द्र पौडेलले ११६० र सभापतिका अर्का प्रत्यासी कृष्ण सिटौलाले ३२४ मत प्राप्त गरे ।
कांग्रेस विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
देउवाले प्राप्त गरेको मत ५१ प्रतिशत पुग्नका लागि मात्रै ११ मतको कमी हुन पुग्यो ।
खसेको कुल ३१४८ मतमध्ये १०० मत बदर भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
