समाचारसोमबार, फाल्गुण २४, २०७२
चुनावी मैदानबाट बाहिरिएपछि सिटौलाले के भने
नेपाली काँग्रेसको जारी १३ औं महाधिवेशनमा सभापतिको चुनावी दौडबाट बाहिरिएपछि कृष्णप्रसाद सिटौलाले निकालेको विज्ञप्ति
नेपाली काँग्रेसको १३ औं महाधिवेशन भव्यताका साथ सम्पन्न भइरहेको छ। २०७२ फागुन २३ गते आइतवार सम्पन्न मतदानमा सहभागी भई हामीलाई सहृदयपूर्वक मतदान गर्नुहुने सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरु तथा हामीप्रति शुभेच्छा प्रकट गर्नुहुने र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
आइतवारको मतदानबाट सभापति पदमा कसैको पनि निर्वाचित हुनको लागि आवश्यक मत प्राप्त हुन सकेन। महाधिवेशनबाट नेतत्व छनौट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको काँग्रेस होइन , एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जानुपर्छ। महाधिवेशनमा सहभागि प्रतिनिधी र सम्पर्ण काँग्रेसजनको यहि चाहना हो। त्यो एकताबद्ध काँग्रेसले मात्रै आज हाम्रासामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न सक्छ।
आज दोस्रो चरणको मतदान गर्ने प्रक्रियामा प्रवेश गर्दैछौ। यो अवस्थामा यदि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै हिजो व्यक्त मतको समेत सम्मान गर्दै पार्टिभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न सकियो र मतदान गर्ने अवस्था आएन भने महाधिवेशनबाट सकारात्मक सन्देश प्रवाह हुन सक्छ भन्ने मेरो विश्वास छ।
अतः पार्टीलाई गुटउपगुटमा विभाजित हुनबाट मुक्त गरि एकताबद्ध बनाउन आफ्नो तर्फबाट पहल कदमी लिने प्रतिवद्धता जनाउँदै अन्य साथीहरुलाई पनि पार्टीको वृहत्तर एकताका निम्ति अग्रसर हुन आह्वान गर्दछु।
कृष्ण प्रसाद सिटौला
मितिः २०७२ फागुन २४ गते
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
