थप समाचारसोमबार, फाल्गुण २४, २०७२

फोटोपत्रकारको तस्वीर यात्रा २९ फागुनसम्म

हिमालखबर

नेपाल पर्यटन बोर्डमा जारी फोटोपत्रकार मीनरत्न बज्राचार्यको तस्वीरहरुको प्रदर्शनी शनिबार, २९ फागुनसम्म चल्ने भएको छ ।

mindaiबज्राचार्यले २०४७ यता यात्राका क्रममा खिचेका प्रकृति र सम्पदासम्बन्धी ७७ तस्वीरहरुको प्रदर्शनी दर्शकहरुले रुचाएकाले लम्बाइएको बज्राचार्यले बताएका छन् ।

“राजनीतिक गतिविधिका तस्वीर खिचेर चिनिए तापनि मलाई ट्राभल फोटोग्राफीमा विशेष लगाव थियो”, हिमाल खबरपत्रिका का फोटोपत्रकार बज्राचार्य भन्छन्।

बज्राचार्यको यो चौथो एकल तस्वीर प्रदर्शनी हो।

२१ देखि २३ फागुनसम्म चल्ने भनिएको प्रदर्शनी थप ६ दिन चल्ने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...